सरकारी स्वामित्वका १९ संस्थान घाटामा
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सर्वेक्षणअनुसार सरकारी स्वामित्वका१९ वटा संस्थानघाटामा रहेको जानकारी दिएका छन् ।
आईतबार राष्ट्रिय सभामाआर्थिक सर्वेक्षण २०७९—८० को आर्थिक सर्वेक्षण संसदमा प्रस्तुतगर्दै उनले सरकारी स्वामित्वका४४ मध्ये २५ संस्थाननाफामा र १९ संस्थान घाटामा रहेको जानकारी दिएकाहुन् ।
‘सरकारी लगानी रहेका ४४ मध्ये २५ संस्थाननाफामा छ । सार्वजनिक संस्थामा सरकारको शेयर तथाऋण लगानी २०७९ असारसम्म६ खर्ब १८ अर्ब पुगेको छ । नेपाल सरकारले ६ अर्ब १६ करोड लाभांशप्राप्त गरेको छ । ’
सरकारले यो वर्ष संस्थानहरुबाट ६ अर्ब १६ करोड लाभांशप्राप्त गरेको उनले जानकारी दिए ।