कतार पठाईदिन्छु भन्दै लाखौं रकम ठगी गर्ने एकजना पक्राउ
काठमाडौं । १९जनालाई वैदेशिक रोजगारीको लागिकतार पठाईदिन्छु भन्दै रकमठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमाजिल्लाताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिकावडा नं. ४ घर भईहालकाठमाडौ वडा नं.१० थापागाउँ बस्दै आएका४९ वर्षका रुद्रबहादुर लिम्बु रहेका छन् ।
उनले वैदेशिक रोजगारीको लागिकतारमा पठाईदिन्छु, भन्दै प्रतिव्यक्ति७लाख रुपैयाँलिएकाथिए । उनले कतार पुलिसमाभर्ना गरिदिने र मासिक १ लाख बढी तलवहुने भन्दै विश्वास दिलाएर पीडितहरुबाट पटक पटक गरी ६९ लाख रुपैयाँलिएको प्रहरीले जनाएको छ ।
उनलाई थपअनुसन्धानतथा कारवाहीको लागि वैदेशिकरोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको छ ।