पाठ्यपुस्तकको विषयमा विगतमा जस्तो गुनासो आएन : शिक्षामन्त्री राई
काठमाडौं । शिक्षा, विज्ञान तथाप्रविधिमन्त्रीअशोक राईले पाठ्य पुस्तक समयमै पु¥याउनु पर्ने सम्बन्धमामन्त्रालयले निर्देशनअनुसार काम गरेको बताएका छन् ।
शुक्रबार बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा मन्त्री राईले पाठ्य पुस्तकको विषयमाविगतमा जस्तो गुनासो नरहेको भन्दै कुनै पनिखालको कमीकमजोरी भएको छ भने निर्देशनको अपेक्षा राखेको बताए ।
उनले भने, शैक्षिक सत्र २०८० मासामुदायिकविद्यालयहरुमा पाठ्य पुस्तक समयमै पु¥याउनु पर्छ भन्ने सम्बन्धमासमितिको निर्देशनलाई मन्त्रालयले आत्मसाथ गरेर काम गरेको छ । विगतमा जस्तो गुनासो नरहेको अवस्था छ । अब कुनै किसिमको कमी छ भने निर्देशनको अपेक्षा राख्दछौ ।यसमाहामीले गाँउपालिकामहासंघ, नगरपालिकासंघ र जिल्लाविकास समन्वय समितिमहासंघ सागपनि सहकार्य गरेका थियौ । ’
मन्त्री राईले शिक्षा ऐन अहिले सबैको चासोको विषयभएको भन्दैयसको प्रक्रियासरकार परिवर्तन भएको कारण फिर्ता आएकोहुनाले केही समयमापारित हुने अठोटका साथ अघि बढेका बताए ।
यस्तै, शिक्षा, विज्ञान तथाप्रविधिमन्त्रालयकासचिवरामकृष्ण सुवेदीले पनिप्रधानमन्त्रीले शिक्षा ऐनलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको भन्दै ऐन चाँडै आउने विश्वास व्यक्त गरे ।
उनलेसबै स्थानमापुस्तकपुगेको भन्दै नपुगेको स्थानबाट सूचनाप्राप्तभएअनुसार कामभएको बताए ।
उनले भने, शिक्षा ऐनको विषयप्रधानमन्त्रीले प्राथमिकतामा राखेर काम गरेको छ, यसलाई कानून मन्त्रालयबाट छिट्टै पारित गर्ने अपेक्षा गरेका छौ । सबै स्थानमा पाठ्यक्रम समयमै पुगेको छ । ५ ८ १० मानयाँ पाठ्य पुस्तकबनाईएको छ । यसपछि कसैले पाठ्य पुस्तकप्राप्तगर्न नसक्ने हो भने हामीले सूचनाजारी गरेका छौ, हामीलाइ सूचनादिएको २ दिनभित्रहामीले त्यसको व्यवस्थागर्ने भनेका छौ । यसको बारेमा यस्तै कामभईरहेको छ ।’