प्रेस स्वतन्त्रताको मुद्दा सञ्चारजगतको मात्र नभइ आम नागरिकको : सभामुख
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाली प्रेसलाई अझ व्यवस्थित व्यवसायिक र मर्यादित बनाउन सञ्चारसँग सम्बन्धित विधेयकहरू विचाराधीन अवस्थामा रहेको बताएका छन् ।
बुधबार प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिँदै सभामुख घिमिरेले नेपालको प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको आन्दोलनमा प्रेसको भूमिका महत्वपूर्ण रहेको र त्यो भूमिकालाई बिर्सन नहुने बताए ।
प्रेस स्वतन्त्रताको मुद्दा सञ्चारकर्मी र सञ्चार माध्यमका लागि मात्रै नभएर आम नागरिकका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ छ ।