महानगरपालिकाबाट टुकुचा खोला सरसफाई अभियान सुरु
काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा खोला सरसफाई अभियान आज९मंगलवार०बाट सुरु गरेको छ ।
सिंहदरबारस्थित टुकुचा खोला किनारबाट सरसफाई अभियान सुरु गरिएको हो । महानगरपालिकाले सरसफाईमा मातहतको नगरप्रहरी र कर्मचारीलाई परिचालन गरेको छ । सरसफाई अभियानमा फोहोरमैला अनुगमन तथा निरीक्षण संस्थाको पनि सहकार्य रहेको छ । उनीहरुले सिंहदरवारस्थित टुकुचा खोला किनार आसपास रहेका फोहोर संकलन गरेका थिए । खोला किनारमा रहेका झाडी, प्लाष्टिकका झोला, नर्कटका घारी पनि सफा गरिएका थिए ।