मालागिरी शान्ति योगाश्रम र केदारपुञ्ज बहुमुखी क्याम्पस भवन निर्माण हुने
काठमाडौं । रामेछाप जिल्लाको मालागिरी शान्ति योगाश्रम र डोटी जिल्लाको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस भवन निर्माणका लागि भारत सरकारले सहयोग गर्ने भएको छ ।
भारत सरकारको अनुदान सहयोगमासामुदायिक विकास परियोजनाको निर्माण कार्य अघि बढाउनका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौंस्थित भारतीय राजदूतावासंका अधिकारीबीच आज एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यी दुई परियोजनाभित्र रामेछाप जिल्लाको मालागिरी शान्ति योगाश्रम र डोटी जिल्लाको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस रहेको काठमाडौंस्थित भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।
दुबै परियोजनाको निर्माण कार्य क्रमशः रामेछाप नगरपालिका र बडीकेदार गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ ।
यी दुई परियोजनाको कूल अनुमानित लागत ८ करोड ३३ लाख नेपाली रुपैयाँ बराबरको रहेको पनि दूतावासले जनाएको छ ।