ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
काठमाडौं । ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ बस्ने २० वर्षीय सागर तामाङ रहेका छन् ।
भरतपुर महानगरपालिका–१२ टिकौली जंगलबाट आउँदै गरेको ना.४ ख ६६७४ नम्बरको ट्रकले बागमतीप्रदेश ०३–००२प ७६८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकतामाङको घटना स्थलमै मृत्यु भएको हो ।
घाइते भएका स्कुटरमा सवार १ जनाको भने नयाँ मेडिकलकलेजभरतपुरमाउपचार भइरहेको छ ।
ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाबारेमाथप अनुसन्धानभईरहेको प्रहरीलेबताएका छन् ।