सन्दर्भ प्रेस स्वतन्त्रता : पत्रकार न काम गर्ने संस्थामा न समाजमा कतै सुरक्षित छैनन्
काठमाडौं । अरुको अधिकार, स्वतन्त्रता र न्यायकालागि लड्ने पत्रकारहरु आफै कति पीडामा छन् ? यो प्रश्न हरेक बर्ष सार्वजनिकहुने प्रतिवेदनले छर्लङ्ग पार्छ ।
यसपटक प्रेस स्वतन्त्रतादिवसको अवसर पारेर सार्वजनिकगरिएको तथ्यांकले पनि नेपालकापत्रकारहरुको अवस्था छर्लङ्ग पारेको छ ।
नेपालपत्रकार महासंघलेसार्वजनिक गरको वार्षिक प्रतिवेदनले गतवर्ष नेपालमाप्रेस स्वतन्त्रताविरुद्धका५५ वटाघटनाभएको देखाएको छ ।
बुधवार काठमाडौंमाआयोजितकार्यक्रममाराष्ट्रिय मानवअधिकार आयोगकाअध्यक्षटोपबहादुर मगरलेवार्षिक प्रतिवेदन सार्वजनिक गरे ।
एक वर्षमा५५ वटा प्रेस स्वतन्त्रताहनन्का घटना भएकोमाती घट्नाबाट ९३ जनापत्रकार तथा सञ्चारकर्मीका साथै ८ वटा सञ्चार संस्थाहरु पीडित भएको नपालपत्रकार महासंंघ सञ्चार अनुगमनइकाईले तयार गरेको प्रतिवेदनमाउल्लेख गरिएको छ ।
जसमासञ्चारकर्मीमाथिसबैभन्दा धेरै दुव्र्यवहार र धम्कीका घटना भएको छ । २४ वटा दुव्र्यवहारका घटना भएकोमा सबैभन्दा बढी बागमतीप्रदेशमा ९ वटा, कोशी,मधेश र सुदूरपश्चिमप्रदेशमा समान ३÷३ वटा, कर्णालीमा २ र विदेशमा एउटा घटना भएको महासंघले जनाएको छ ।
दुव्र्यवहारपछि सञ्चारकर्मी माथि आक्रमणको घटना धेरै भएको छ । एक वर्षमासञ्चारकर्मी माथि११ वटा आक्र्रमणको घटना हुँदासमाचार संकलनमाअवरोध पु¥याउने तथासामानकब्जागरिएका७ वटा,पेशागत असुरक्षाको ८, गिरफ्तारमा परेको नेपालमा एक जना र विदेशमा एक गरी २ वटा तथाविस्थापनको एउटा घटना तथा लैङ्गिक हिंसाको २ वटा घटना भएको सार्वजनिकप्रतिवेदनले देखाएको छ ।
सार्वजनिकविवरण अनुसार सबैभन्दा धेरै बागमतीप्रदेशमा र सबैभन्दाकम कर्णालीर लुम्बिनीप्रदेशमाप्रेस स्वतन्त्रताहनन्का घटना भएको देखिन्छ ।
एक वर्षमा सञ्चार क्षेत्रसंग सम्बन्धितविविधप्रकुतिका घटना मात्रै एक सय एक वटाभएका छन् ।
महासंघको सञ्चार अनुगमनएकाइको तथ्यांक हेर्दापत्रकारको पेसागतअसुरक्षाभोग्दै आएको देखिन्छ । जसमा संस्थाले निकालेकोदेखि सेवा सुविधाबाट बञ्चितगरि राजीनामादिनबाध्यपारिएकातथापारिश्रमिकनदिएका कुरा उल्लेख छन् ।
जसमागत चैत ८ गते ग्यालेक्सी फोके टिभीले सिन्धुपाल्चोक जिल्ला संवाददाताविजया नेपाललाई निकालेको,राष्ट्रिय समाचार समितिले ०८९ असोज महिनाबाट ८ जनामहिलापत्रकार सहित २२ जनाज्यालादारी पत्रकारलाई सेवाबाट निकालेको,कान्तिपुर मिडिया गु्रपले १५वर्षदेखि कार्यरत पत्रकारलाई निकालेको जस्ता घटना समावेश भएका छन् ।