रायमाझीको अभिव्यक्ति रेकर्डबाट हटाउन राष्ट्रिय सभा सदस्य श्रेष्ठको माग
काठमाडौं । राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
अज सोमवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै एमाले सांसद श्रेष्ठले एमाले अध्यक्ष र सचिव टोपबहादुर रायमाझीको विषयमा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै आक्रोश पोखेका हुन् ।
उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन उनले माग गरे ।
‘नेपाली काङ्ग्रेसका दलका नेता रमेशसिहं रायमाझिले अभिव्यक्ति राख्ने शिलशिलामा जुन खालका शब्द प्रयोग गर्नुभएको छ । त्यस शब्दप्रति हामी दुख व्यक्त गर्न चाहान्छौ, त्यसप्रछि हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । पहिलो दिन भएको हुनाले आपत्ति जनाएनौ, पूर्वउपप्रधानमन्त्री नेकपा एमालेका सचिव टोपबहादुर राईमाझिको सन्दर्भमा हाम्रो पार्टी अध्यक्षलाई जाडेर दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनको निम्ति माग गर्न चाहान्छु ।’
एमालेले पार्टीगतरुपमै विरोध जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उक्त अभिव्यक्ति पुनः सुन्ने र नियमावली अनुसार हटाउनुपर्ने भए सोही अनुसार निर्णय लिने आश्वास दिएपछि सभाको कामकारबाही अगाडि बढेको छ ।