बौद्ध शिक्षालाई अगाडि बढाउन महानगर तयार छ : उपप्रमुख डंगोल
काठमाडौं । काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनिता डंगालले बौद्ध शिक्षालाई अगाडि बढाउन महानगर सहकार्य गर्न सदैव तयार रहने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।
शुक्रबार बुद्ध जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले काठमाडौं महानगरपालिकाले बौद्ध शिक्षाको महत्वलाई बुझेर विभिन्न विहारहरुको पुनस्थापना गर्ने काम गरेको बताइन् ।
उपप्रमुख डंगोलले भनिन् ‘काठमाडौं महानगरपालिकाले बौद्ध शिक्षाको महत्वलाई बुझेर विभिन्न विहारहरुमा जहाँ बौद्ध शिक्षा दिईन्छ त्यसलाई पुनस्थापना गर्ने काम गरेको छ । यस्ता बौद्ध शिक्षाहरु सानै उमेरमा सिकाउनुपर्छ भनेर विद्यालयहरुका मोरल एजुकेशनको रुपमा समावेश गरेका छौं । आगामी दिनका सहकार्य गर्ने क्षेत्रहरु छन भने हामी सहकार्य गर्न तत्पर छौं । ’
उपप्रमुख डंगोलले बौद्ध शिक्षाको बारेमा विद्यालय स्तरदेखि नै पाठ्यक्रम राखिनु पर्ने धारणा पनि राखेकी छिन् ।