सञ्चारकर्मीको सुरक्षाको लागि सरकार तत्पर छ : प्रधानमन्त्री दाहाल
सञ्चारकर्मीको सुरक्षाको लागि सरकार तत्पर छ ः प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार सुरक्षाको लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
आईतबार पत्रकारिता दिवसको अवसरमा आयोजित राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा प्रधानमन्त्री दाहालले सञ्चारकर्मीको संस्थागत तथा भौतिक सुरक्षाको लागि सरकार तत्पर रहेको बताएका हुन् ।
उनले भने ‘वर्तमान सरकार प्रेस स्वतन्त्रता,पत्रकारको सुरक्षाको सुनिश्चतताका लागि पूर्णरुपमा प्रतिवद्ध छ । ’
सरकारले सञ्चार जगतको व्यवसायिक र व्यवसायिक विकासको लागि मिडियालाई राष्ट्रिय उद्योग सरह मान्यता प्रदान गरिने बताएका छन् ।
त्यसका लागि सरकारले सबै सरकारी विज्ञापन विज्ञापन बोर्डमार्फत न्यायिक ढंगले वितरण गर्ने व्यवस्था समेत मिलाउने उनको भनाइ छ ।