प्रतिनिधि सभामा प्रकाशमान सिंहको माग : शान्तिनगर क्षेत्रमा आकाशे पुल चाहियो
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रकाशमान सिंहले काठमाडौंको क्षेत्र नं. १ शान्तिनगर क्षेत्र पैदल यात्रीको दृष्टिकोणबाट ‘ब्ल्याक स्पट’ बन्दै गएको बताएका छन् ।
सोमवार प्रतिनिधि सभामा उनले शान्तिनगर क्षेत्र दुर्घटनाका दृष्टिले ‘ब्लायक स्पट’ बनेको बताए । पैदलयात्री असुरक्षित भएको हुँदा उक्त क्षेत्रमा आकाशे पुल निर्माण गरिनु पर्ने उनको माग थियो ।
उनले भने, ‘काठमाडौं क्षेत्र नं. १ स्थित शान्तिनगर क्षेत्रपैदल यात्रीका लागि असुरक्षित बन्यो । सडक ‘ब्ल्याक स्पट’ बन्यो । केही वर्षएता धेरैपैदल यात्रीले दुर्घटनामा परी ज्यान गुमाएका छन् । त्यसो हुँदा उक्त क्षेत्रमा आकाशे पुल निर्माण हुनु प¥यो