शक्तिमा रहेका दलहरुको चेत अझै खुलेन : सांसद खिमलाल देवकोटा
काठमाडौं ।सांसद खिमलाल देवकोटाले शक्तिमा रहेका दलहरुको चेत अझै पनिनखुलेको धारणा राखेका छन् ।
आईतबार संघीय संसदको संयुक्त बैठक पेश भएको संघीय संसदको संयुक्त बैठक र संयुक्त समितिकार्य सञ्चालननियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफलमा भागलिदैं राष्ट्रिय सभा सदस्य देवकोटाले सानादल र राष्ट्रिय सभाप्रतिअनुदार रहेको दावी गरे ।
उनले संघीयता कार्यान्वयनलाई पनिनियमावलीनजर अन्दाज गरेको जिकिर गर्दै संघीय सरकारका मन्त्रीहरुले आफ्नो अधिकार विकेन्द्रितगर्न नचाहेको प्रष्ट देखिको बताए ।
सांसद देवकोटाले भने ‘ गतवर्षको स्थानीयतहको चुनावको परिणम आएपछि पुराना राजननीकिदलहरु सुध्रिएनन् भने कयौं बालेन शाह र हर्क सम्पाङहरु यो मुलुकमाजन्मने छन् भनेर संसदमाबोलैको थिए, जो अहिले देखिएकै छ । ’
उनले यो नियमावलीमा स्वतन्त्र र साना राजनीतिकदलहरुलाईनिषेध गर्ने किसिमले आएको जिकिर गर । उनले राष्ट्रिय सभालाई पनिनजरअन्दाजगरिएको दावीपनि गरे ।
सांसद देवकोटाले भने ‘परिमार्जित यो नियमावली साविकको भन्दाअलिउत्कृष्ट हुनुपर्ने हो । तर मैले त्यस्तो देखिन । विना सांसदीय सुनुवाई , संवैधानिक परिषदकापदाधिकारि लगायतको नियुक्ति स्वत सदर हुने किसिमको पुरानै व्यवस्था छ । यसमादलहरुले ध्यानदिएको खै ?मन्त्रीको कुर्सी यतिबलियो रहेछ, उनीहरु हल्लनपनिचाहदैनन् । ’