प्रथम गोकर्णेश्वर उपमेयर कप महिला करातेको उपाधि चन्द्रागिरी डोजोलाई
काठमाडौं । चन्द्रागिरी डोजोले प्रथमगोकर्णेश्वर उप मेयर कपमहिला कराते प्रतियोगिताको उपाधिजितेको छ । चन्द्रागिरीले ३ स्वर्ण, २ रजत र ४ कांस्य जित्यो ।
शंखडोल कराते एकेडेमीद्वारा आयोजितप्रतियोगितामा २ स्वर्णसाथच्याम्पियनमार्सल आर्ट्स दोश्रो भयो । तेश्रो स्थानको बौद्ध डोजोले १ स्वर्ण र १ रजतहातपा¥यो ।
गोकणेश्वर नगरपालिकाको सहयोगमा ‘महिला हिंसा तथादुव्र्यसनी विरुद्ध कराते’ अभियानअन्तर्गत सञ्चालितप्रतियोगितामाच्याम्पियनमार्सल आर्ट्सकीकाजोल विष्ट उत्कृष्ट खेलाडी घोषित भइन् । बूढानीलकण्ठ डोजोकीउषाकुमारी कार्की उदियमान खेलाडी चुनिइन् । आयोजक शंखडोलले अनुशासित टिमको उपाधिहातपा¥यो ।
विजेतालाई संघीय सांसद शान्तिश्रेष्ठ, आयोजक एकेडेमीकाअध्यक्षएवं प्रमुखप्रशिक्षकशिवकारन्जितलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघिएकदिने प्रतियोगिताको गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले उद्घाटन गरेकाथिए ।
गोकर्णेश्वर नगरपालिका वडा ९ को शंखडोलस्थितआयोजकको आफ्नै कभर्डहलमाभएको प्रतियोगितामाविभिन्न ८ स्पर्धामा १ सय ४५ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ । हरेक स्पर्धाकापदकविजेतालाई नगद पुरस्कार पनिप्रदानगरिएको थियो ।