प्रजिअसहितको टोली मुगु जिल्लाका किसानहरुको खेतबारीमा
मुगु ।जिल्लाको शान्ति सुरक्षा,विकास निमार्ण,भष्टाचार लगायतकाबिभिन्न क्षेत्रमाकामको जिम्मेवारी पाएकाप्रमुखजिल्लाअधिकारी लगायतमुगु जिल्लाकाकार्यालय प्रमुखको एक टोलीशनिबार कृषकहरुको खेतबारीमापुगेको छ ।
मुगु जिल्लामा सञ्चालितविकास निमार्णका काममाविगतकाबर्षहरुमाअख्तियार दुरुपयोग अनुसन्धानआयोग र जिल्लाप्रशासनकार्यालयमा धेरै उजुरी आएकोले प्रजिअसहितको टोलीेले अनुगमन गरेको हो । आर्थिक बर्ष २०७९ ÷ ०८० सकिन केहीमहिनाबाँकी रहेको समयमाप्रदेश कार्यालयहरुबाट सञ्चालितकार्यक्रम के कसरी सञ्चालनमाभइरहेको छ ?भन्ने विषयमापनि टोली केन्द्रितभएको थियो ।
अनुगमन पछि प्रमुखजिल्लाअधिकारी मोहनकुमार थापालेभने ‘ हरेक महिनाहुने कार्यालय प्रमुख बैठकमा कार्यालयबाट दिने सेवाबारे ब्यापक छलफल हुने भएपनिफिल्डमा नागरिक एवं जनताले के कस्तो सेवापाएकाछन,कामकुन गुणस्तरमाभएका छन, वास्तविकव्यवसायगर्ने मेहेनती, लक्षित बर्गहरुले सेवापाएका छन कि छैनन् भन्ने हिसाबले फिल्डमा नै गएर अनुगमनगरेका हौ । ’
कृषितथापशुपंक्षीविकास मन्त्रालय,प्रधानमन्त्री कृषि परियोजना,आधुनिकीकरण परियोजनाकार्यान्वय ईकाइबाट छाँयानाथ रारा नगरपालिकाभित्ररहेका वडा नम्बर ५,७ र ८ मा सञ्चालित स्याउ क्षेत्रविस्तारअनुदानकार्यक्रमभित्र स्याउकाविरुवावितरण,सिंचाई पानीपोखरी,घेरवार, स्याउकाविरुवाउत्पादनगर्ने कृषकहरुसंग भेटघाट एवं अनुगमनगर्दा सकारात्मकअवस्था देखिएकोप्रमुखजिल्लाअधिकारीथापाले बताए।
अनुगमनको क्रममा सर्वसाधारणले नेता र कार्यालय प्रमुखको सल्लाहमाजिल्लामा रहेका केहीप्रदेश कार्यालयहरुले कामगर्दालक्षितवर्ग रवास्तविकसेवाग्राहीसम्मयोजनापुग्ननसकेको गुनासो राखेका थिए । कृषितथापशुपंक्षीविकास मन्त्रालय,प्रधानमन्त्री कृषि परियोजनाआधुनिकीकरण परियोजनाकार्यान्वय ईकाइकार्यालय ,पशु कार्यालयलगायतले पटक पटकअनुगमनगरे अझ राम्रो प्रभाव पर्ने पनिनागरिक समाजमुगुकाअध्यक्ष रुपबहादुर मल्लले बताए। उनले अनुगमनमाआएका राय सुझाव सल्लाहअनुसार भुक्तानीको व्यवस्था गरे गुनासो उजुरी कमआउने पनि प्रष्ट पारे ।