शरणार्थी प्रकरणमा आवद्ध सञ्जाललाई नै कानूनको दायरामा ल्याउन आग्रह
काठमाडौं । नेकपा एकीकृत समाजवादीलेनक्कली भुटानी शरणार्थी प्रकरणमा आवद्ध सबैलाई कानुनको घेरा भित्र ल्याएर कारवाही गर्न माग गरेको छ ।
बुधबार उपप्रधानमन्त्री तथा गृहमन्त्रीनारायणकाजीश्रेष्ठलाई ज्ञापनपत्रबुझाउँदै नेकपा एसले शरणार्थी प्रकरणमा संलग्न सम्पूर्ण सञ्जाललाई कानूनको दायरा भित्र ल्याउन माग गरेको छ ।
नेकपा एसले नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेचबिखन र भ्रष्टाचारको ग्राण्ड डिजाईनको विरुद्धमा ज्ञापन पत्र बुझाएको बताएको छ ।
ज्ञापनपत्र बुझ्दैगृहमन्त्री श्रेष्ठले समृद्धिको यात्रा सन्तोषजनक नभएको गुनासो गरे ।
उनले भन्े ‘समृद्धिको यात्रा सन्तोषजनक तरिकाको छैन् । यसलाई लक्ष्यमा पुर्याउन सबै गम्भीर बन्नैपर्छ । नत्र भए हामी नेपाली राजनीतिकर्मीले औचित्य समेत पुष्टि गर्न सक्दैनौं। राजनीतिको नारा लगाएर मात्र यस्को औंचित्य पूरा गर्न सकिँदैन् । राज्यकै उच्च तहमा बसेका नेताहरु र तलसम्मकोसेट मिलाएर काम गर्ने यो शैली संगठित अपराध हो । ’
नेकपा एसद्वारा बुझाइएको ज्ञापनपत्रमा भनिएको छ ‘ देशका कतिपय उच्च पदस्थ नेता, उपप्रधानमन्त्री, मन्त्री, सांसद तथा मन्त्रालयका सचिवहरुले नै देशका नागरिकहरुलाई अर्को देशको नक्कली नागरिक बनाई विक्री गर्नु मानव बेचविखनको कार्यमात्र होईन राष्ट्रप्रतिको धोखा र राष्ट्रद्रोही कार्य हो, यस कुकर्मबाट राष्ट्रको प्रतिष्ठामा गंभीर क्षति भएको छ अन्तराष्ट्रिय बेइज्जती भएकोछ ।’
यस काण्डमा संलग्न पूर्व उपप्रधानमन्त्री, मन्त्री, कतिपय दलका उच्चपदस्थ नेता, बहालवाला सांसद, उच्चपदस्थ कर्मचारी लगायतका मानिसहरूको भ्रष्ट कृयाललापलाई आधार बनाएर विभिन्न आवरणका शक्तिहरुले संघीय लोकतान्त्रिक