आज विश्व दूरसञ्चार दिवस : विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं । आज(बुधवार) विश्व दूरसञ्चार र सूचना समाज दिवस । सरकारले विविध कार्यक्रम गरी मनाउँदैछ । बिशेष गरी नेपाल दूरसञ्चार प्राधिकरणले दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले दिवसको अवसरमा दूरसञ्चार तथा सूचना प्रविधिसँग सम्वन्धि विविधि कार्याक्रम आयोजना भइरहेको बताए । उनले भने,‘आज विश्व दूरसञ्चार र सूचना दिवस हो । सरकारले दूरसञ्चारसँग सम्बन्धित विविध कार्यक्रम आयोजना गरेको छ । यही सन्दर्भमा होटल ¥याडिसनमा सुचना प्रविधि तथा दूरसञ्चारसँग सम्बन्धित कार्यक्रम आयोजना गरिएको छ ।’
मन्त्रालयका अनुसार प्राधिकरणले होटल ¥याडिसनमा बुधवार ९ः३० बजे कार्यक्रम आयोजना गर्दैछ । दिवस प्रत्येक वर्षको १७ मेका दिन विश्वभ मनाइन्छ । सन् १९६९ देखि यो दिवस विश्वभर मनाइँदै आइएको हो । प्राधिकरणले पनि सोही दिन दिवस मनाउँदै आएको छ ।