तस्करहरुले गृह मन्त्रालय नै कब्जा गरेका रहेछन् : सीपी गजुरेल
काठमाडौं । नेकपाक्रान्तिकारी माओवादीका नेतानेतासीपीगजुरेलले भुटानी शरणार्थीका तस्करहरुले गृह मन्त्रालयनै कब्जा गरेको बताएका छन् ।
क्रान्तिकारी माओवादीले आइतबार काठमाडौंमाआयोजना गरेकोअन्र्तक्रियामा गजुरेलले अहिलेसम्मको अनुसन्धानले ३२ जनासंलग्न रहेको पत्तालगाएतापनिअहिले सम्म १६ जनालाई मात्रपक्राउगरिएकोबताए ।
उनले भने ‘ गृह मन्त्री, पूर्व गृहमन्त्री, पूर्व सचिवलगायत गृह मन्त्रालयकापदाधिकारीहरु र उनीहरुकानजिककामानिसहरु यसमा संलग्न रहेका छन् । यो नेपालकै इतिहासको घृणित घटना हो । अहिलेसम्मको अनुसन्धानले ३२ जनायसमा संलग्न रहेको पत्तालगाएको छ तर अहिलेसम्म १६ जनालाई मात्रपक्राउ गरेको छ । यो सरकार, प्रहरी प्रशासन, गृह मन्त्रालयले आधा मान्छेलाई गिरफ्तार नै गरेको छैन । नगरेको हो कि गर्न नचाहेको हो केहीबुझ्नै सकिएको छैन । ’
कार्यक्रममापूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले यो प्रकरणमा जोडिएका सबैलाई तान्नु पर्ने बताए ।
उनले भने ‘ पूर्व उपप्रधानमन्त्री,पूर्व गृहमन्त्री र गृहमन्त्रीका सल्लाहकार सहितको टोलीको सहभागितामा यो षडयन्त्र रचिएको रहेछ, यस प्रकरणमा पछाडि तर्फमात्रआजआएर उजागर भएको छ । यो उजागरभएको विषय वस्तुमा अलिअलिलहरा तानतुनगरिएको छ तर कहाँ सम्मपुग्ने विषयहो भन्ने बारेमाकसैलाई थाहा छैन । ’