दोलखाको चरणावतिधाममा श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ हुँदै
काठमाडौं । दोलखाको शैलुङ–७ स्थित पूर्णाहुति जेष्ठ नागरिक सेवा भवनको प्राङ्गण चरणावतिधाममाश्रीमद् देवीभागवत नवाह ज्ञान महायज्ञ हुने भएको छ ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरीचरणावति त्रिवेणीधामलाई धार्मिक एवं तीर्थाटन क्षेत्रको रूपमा विकास र विस्तार गर्ने उद्देश्य पनि रहेको आयोजकले बताएका छन् । साथै उक्त स्थानमा जेष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्ने महाअभियानका साथ महायज्ञ गर्न लागिएको महायज्ञ व्यवस्थापन मूल समारोहका संयोजक मदन दास श्रेष्ठले जानकारी दिए ।
महायज्ञआगामी जेठ ७ देखि .१५ गतेसम्म हुनेछ । विदुषी प्रा. डा. कान्ता भट्टराईले कथा वाचनगर्नु हुने छ । त्यस्तै महायज्ञको उद्घाटन वरिष्ठ संस्कृतिविद प्रा डा. जगमान गुरुङलेगर्ने कार्यक्रम रहेको छ ।