विज्ञापन बोर्डविरुद्ध नेपाल विज्ञापन संघ आन उत्रियो आन्दोलनमा
काठमाडौं । नेपाल विज्ञापन संघ आनले विज्ञापन ऐन,विज्ञापन बोर्ड गठन र एकद्धार विज्ञापन नीतिको विरुद्धमा आन्दोलन थालेको छ ।
बिहीबार काठमाडौंको बबरमहलमा नेपाल विज्ञापन बोर्डको भवन अगाडि आनका पदाधिकारीहरुले धर्ना दिएका छन् ।
धर्नामा विज्ञापन बजार बढाउने नीति लागू गर, विज्ञापन बोर्ड विज्ञापन बाड्ने अखडा होइन ,विज्ञापन एजेन्सीको हक अधिकार लागू गर र विज्ञापन ऐन खारेज गर लगायतका प्ले कार्ड प्रदर्शन गरेका थिए ।
कार्यक्रममा विज्ञानपन संघका अध्यक्ष सोम धितालले विज्ञानपन बोर्डमा व्यवसायीको प्रतिनिधित्व नसमेटिएको भन्दै आपत्ति जनाए ।
उनले बोर्डमा सरकारी कर्मचारी र सञ्चार माध्यमका प्रतिनिधि मात्र हुने बनाइएको गरी ऐन बनाइएको भन्दै विज्ञापन व्यवसायीहरु मारमा परेको गुनासो गरे ।
उनले भने‘विज्ञानपन बोर्डमा व्यवसायीको प्रतिनिधित्व भएन सरकारी कर्मचारी र सञ्चार माध्यमका प्रतिनिधि मात्र विज्ञानपन बोर्डमा हुने बनाइयो । हामीले २ वर्ष अगाडि देखि विरोध गरिरहयौं पख्नुस् तपाईहरुको पनि प्रतिनिधित्व हुन्छ भनेर सरकारले अल्मलाईरह्यो ।’
उनले दुई वर्षदेखि आफूहरूले विरोध गरेता पनि सरकारले कुनै चासो नदिएको जिकिर गरे ।
विज्ञापन बोर्डविरुद्ध नेपाल विज्ञापन संघ आन उत्रियो