संघीय संसद अन्तर्गत तीन समितिको बैठक आज बस्दै
काठमाडौं । आज(बिहीवार) संघीय संसदअन्तर्गत तीन वटा समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहीवार ८ः३० बजे सिंहदरवारमा बस्दैछ ।
त्यस्तै, राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बिहीवार दिउँसो ३ बजे र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बिहीवार दिउँसो १२ः३० बजे बस्दै कार्यसूची रहेको छ । बैठकमा समसामयीक बिषयमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।