नागरिकका लागि उपलब्ध सेवा प्रविधिमैत्री भएको छ : सञ्चारमन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखाशर्माले राज्यले नागरिकलाई उपलब्ध गराउने सेवाहरु सूचनाप्रविधिमैत्रीहुँदै गइरहेको बताएकी छिन् ।
छैठौं राष्ट्रिय सूचनातथा सञ्चार प्रविधिदिवसमाशुभकामनाव्यक्तगर्दै उनले सञ्चार तथा सूचनाप्रविधिले विश्वलाई एउटा गाउँका रूपमा परिणत गरेको बताइन् । मानवजीवनलाई सहज, सरल र समृद्ध बनाउनसुचनाप्रविधिले महत्वपूर्ण भूमिकानिर्वाह गरेको उनको भनाई छ ।
उनले भनिन्,‘सुचनाप्रविधिको प्रयोगबाट आमनागरिकको जीवनमा गुणात्मक परिवर्तन आएको छ । सेवाप्रवाहमापारदर्शिता, सहजता, छिटोछरितो हुनुको साथै लागत कटौतिमा मद्दत पुगेको छ । नागरिकले आर्थिक कारोवारसहितअत्यावश्यकीय सेवा, अनलाइनमार्फत् घरैबाटै पाउनसक्ने अवस्थाको सिर्जना भएको छ ।’
मन्त्रीशर्माले प्रविधिको उपयोगलाई बढी विश्वसनीय, सुरक्षित र पहुँचयोग्यबनाएर आमनागरिकलाई विद्युतीय माध्यमबाट सरल, सहज, सुलभ तथाविश्वसनीयरूपमा सेवाउपलब्ध गराउनआवश्यकता रहेको धारण राखिन् ।
सञ्चार तथा सूचनाप्रविधिको प्रयोग र विस्तारसँगै सुरक्षितप्रयोगगर्न नागरिक र सरकार सजगहुनआवश्यकभएको उनको भनाई छ । सूचनाप्रविधिको प्रयोगबाट मुलुकले सुशासन र समृद्धि हासिलगर्नेमासरकारविश्वास्थ रहेको उनले दाबीगरिन् ।
तीब्र विकास र उच्चआर्थिक वृद्धिगर्न समय सापेक्ष सूचनाप्रविधिको उपयोग गरीसामाजरूपान्तरण गर्ने विश्वासका साथ डिजिटल नेपालफ्रेमवर्क २०७६ कार्यान्वयनमाल्याइएकोउनको भनाई छ ।
नागरिकका लागि उपलब्ध सेवा प्रविधिमैत्री भएको छ ः सञ्चारमन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राज्यले नागरिकलाई उपलब्ध गराउने सेवाहरु सूचना प्रविधिमैत्री हुँदै गइरहेको बताएकी छिन् ।
छैठौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसमा शुभकामना व्यक्त गर्दै उनले सञ्चार तथा सूचना प्रविधिले विश्वलाई एउटा गाउँका रूपमा परिणत गरेको बताइन् । मानव जीवनलाई सहज, सरल र समृद्ध बनाउन सुचना प्रविधिले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाई छ ।
उनले भनिन्,‘सुचना प्रविधिको प्रयोगबाट आम नागरिकको जीवनमा गुणात्मक परिवर्तन आएको छ । सेवा प्रवाहमा पारदर्शिता, सहजता, छिटोछरितो हुनुको साथै लागत कटौतिमा मद्दत पुगेको छ । नागरिकले आर्थिक कारोवारसहित अत्यावश्यकीय सेवा, अनलाइनमार्फत् घरैबाटै पाउनसक्ने अवस्थाको सिर्जना भएको छ ।’
मन्त्री शर्माले प्रविधिको उपयोगलाई बढी विश्वसनीय, सुरक्षित र पहुँचयोग्य बनाएर आम नागरिकलाई विद्युतीय माध्यमबाट सरल, सहज, सुलभ तथा विश्वसनीयरूपमा सेवा उपलब्ध गराउन आवश्यकता रहेको धारण राखिन् ।
सञ्चार तथा सूचना प्रविधिको प्रयोग र विस्तारसँगै सुरक्षित प्रयोग गर्न नागरिक र सरकार सजग हुन आवश्यक भएको उनको भनाई छ । सूचना प्रविधिको प्रयोगबाट मुलुकले सुशासन र समृद्धि हासिल गर्नेमा सरकार विश्वास्थ रहेको उनले दाबी गरिन् ।
तीब्र विकास र उच्च आर्थिक वृद्धि गर्न समय सापेक्ष सूचना प्रविधिको उपयोग गरी सामाज रूपान्तरण गर्ने विश्वासका साथ डिजिटल नेपाल फ्रेमवर्क २०७६ कार्यान्वयनमा ल्याइएको उनको भनाई छ ।