नक्कली भुटानी शरणार्थी प्रकरण : टेकनाथ रिजाल बयान(पूर्ण पाठसहित)
यसमध्ये प्रेमराज पन्थीलाई म चिन्छु । नेपाली नागरिकहरुलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने कार्यमा भूमिका खेल्ने व्यक्तिका रूपमा म निजलाई ३ वर्ष अघिदेखी चिन्छु । अन्य जाहेरवालासँग मेरो चिनजान छैन। केशव प्रसाद दुलाल र सानु भण्डारीलाई करिब ४ वर्ष अगाडी भुटानी शरणार्थी समस्या समाधानको सन्दर्भमा चिनजान भएको हो ।
डा.इन्द्रजित राईलाई १५ वर्ष अघिदेखि चिन्छु टेक नारायण पाण्डेलाई यस अघि गृह सचिव हुँदा देखेको मात्र हो राम शरण के.सी.लाई मेरो विर्तामोडमा भएको घर मर्मतको सिलसिलामा २ वर्ष पहिले देखी चिन्छु । टोप बहादुर रायमाझीलाई ४ वर्ष पहिले झापामा रहेका भुटानी शरणार्थीहरुलाई स्वदेश फिर्ता र तेश्रो मुलुकमा पुर्नस्थापनाको सन्दर्भमा चिनेको हो । यस बाहेक अन्य प्रतिवादीहरुलाई चिन्दिन ।
जाहेरवाला समेतका नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने अनि पीडितहरुबाट रकम लिने कार्यमा प्रतिवादीहरू केशव प्रसाद दुलाल, सानु भण्डारी, राम शरण के.सी, प्रेमराज पन्थी, इन्द्रजित राई र टोप बहादुर रायमाझी संलग्न छन भन्ने मलाई थाहा छ।
करिब ४ वर्ष पहिले मलाई सानु भण्डारी र केशव प्रसाद दुलालले टोपबहादुर रायमाझीसँग भेट गराई टोप बहादुर रायमाझीसँग कुरा गराउँदा टोप बहादुर रायमाझी, केशव प्रसाद दुलाल र सानु भण्डारीले नेपालमा बाँकी रहेका भुटानी शरणार्थीहरु मध्ये तेश्रो मुलुकमा पुर्नस्थापना हुन चाहनेहरुलाई तेस्रो मुलुकमा पुर्नस्थापना गर्ने र केही नेपालीहरुलाई भुटानीहरूकै नाममा अमेरिका समेतका मुलुकमा लैजाने हाम्रो योजना छ । सो मा तपाईले सहयोगी भूमिका खेलिदिनु प¥यो भनेर मलाई भनेका हुन ।
नेपाल सरकारका उच्च ओहदाका मानिसले मलाई त्यस्तो प्रस्ताव गरे पछि मैले सम्पूर्ण भुटानी शरणार्थीहरुको समस्या पूर्ण रूपमा समाधान हुनु पर्छ । नेपालीहरुलाई कहाँ लैजाने र कस्तो व्यवस्थापन गर्ने भन्ने मेरो विषय पनि होईन र मेरो कुरा पनि होईन मेरो पहुँचको कुरा पनि होइन् ।
तर,तपाईंहरु भूटानीहरुको नाममा भूटानीहरलाई तेस्रो मूलुक लैजाने हो भने सो बाट भुटानीहरुलाई मर्का नपर्ने र रकम नलिने गरिमिलाउन सक्नु हुन्छ भने यसमा मेरो आपत्ति हुने छैन भनेको थिएँ। त्यससपछि टोपबहादुर रायमाझी, सानु भण्डारी,केशव प्रसाद दुलालले गृह मन्त्रालयका मन्त्री र सचिवसमेतसँग कुरा गरी कार्यदल समेत बनाई काम शुरु गरेका हुन। म कसैलाई ठगी गर्ने कार्यमा परिपञ्च मिलाउने, रकम लिने र खाने तथा ठगी गरेको समेतका कार्यमा मेरो संलग्नता छैन ।
नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनि पीडितबाट रकम लिने कार्यमा प्रतिवादीहरु केशव प्रसाद दुलाल, सानु भण्डारी संलग्न छन ।
सो कार्यमा हाल अमेरिकामा रहेका अशोक पोखरेल पनि सानु भण्डारी केशव दुलालका मतियार भई रकम लिने दिने कार्यमा सम्म सहातासमेतबाट रकम संकलन गरी लिनेर संकलन भएको रकम मध्येबाट आफूहरुले व्यापार बिजनेश समेतमा खर्च गर्ने र सोही रकममध्येबाट टोपबहादुर रायमाझी, तत्कालिन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गृह सचिव टेक नारायण पाण्डे समेतलाई दिने गरेको कुरा बाहिर सुनेको हुँ। के
कति रकम लिए दिए भन्ने म एकिन साथ भन्न सक्दिन । यस कार्यमा टोपबहादुर रायमाझी यस कार्यको शुरुवातमा योजनाकारको रुपमा रहेका र अशोक पोखरेल, सानु भण्डारी र केशव दुलाललाई सल्लाह दिने गृह मन्त्रालयमा समन्वय गर्ने र रकम लिने कार्यमा संलग्न छन। यस बाहेक प्रेमराज पन्थी, राम शरण के.सी. समेत भई रकम संकलन गर्ने सानु भण्डारी र केशव दुलाललाई दिने कार्यमा निजहरु संलग्न छन। यस कार्यमा रकम संकलन गर्ने र बाँडी लिने कार्यमा अन्य को को संलग्न छन भन्ने मलाई थाहा छैन।
जिल्ला भक्तपुरको सिरुटार घर हुने गोकुल थापा नाम गरेका व्यक्तिसंग म आजभन्दा २० वर्ष पहिले नेपाल आउँदाका बखत देखी नै चिनजान भएको हो। निजले नेपालीहरुलाई भुटानी बनाई अमेरिका लैजाने भनेर पिडितहरुबाट रकम लिएको बारेमा मलाई थाहा छैन। जाहेरवाला प्रेमराज पन्थीलाई मैले भेटेको होईन।
निजलाई ले अमेरिका लैजाने बारेमा कुनै कुरा गरेकी छैन। प्रेमराज पन्थीसंग गोकुलले रकम मागेको र गोकुल थापाले निजलाई रकम फिर्ता गरेको बारेमा मलाई थाहा छैन। यस कामको सन्दर्भमा मलाई प्रेमराज पन्थीले कुनै कुरा गरेको होईन र मैले निर्देशन दिएको पनि होइन । भेषराज शर्मा लम्साल मेरो चिनजानका मानिस हुन ।
करिब १५ वर्ष पहिले धोबिघाटमा म डेरा बस्दा डेरा बसेको घरको घरधनी भेषराज शर्मा लम्सालका आफन्त भएकोले त्यहीं निजसँग भेट भई साथीको सम्बन्ध भएको हो। करिब ४ वर्ष पहिले केशव प्रसाद दुलाल र सानु भण्डारी मलाई भेट्न झापा गएकोमा निजहरूले मलाई मेरो घरमा नै भेटेका हुन निजहरुले मलाई भुटानी शरणार्थीहरूको समस्याको बारेमा घुमाओ शैलीमा कुरा गरी १००÷१५० जना नेपाली नागरिकहरुलाई पनि भुटानीको परिचय दिई अमेरिका लैजान सहयोग गर्नु पन्यो भन्ने प्रस्ताव गरेका थिए।
सो विषयमा म उक्त काम गर्ने कुनै कार्यकारी वा अधिकारप्राप्त व्यक्ति नभएको हुँदा कसलाई पठाउने वा नपठाउने बिषयमा मेरो कुनै भूमिका रहने कुरै भएन तर नेपालमा बाँकी रहेका भुटानी शरणार्थीहरुको अगुवा भएकोले नेपालमा रहेका भुटानीहरुको तेश्रो देशमा पुनर्स्थापना, मानवीय सहायता र भुटान फीर्ताको सम्बन्धमा नेपाल सरकारले उचित पहल कदमी लिएको अवस्थामा को कुन नेपालीहरु भुटानीको नाममा अमेरिका जाने हुन भन्ने मेरो सरोकारको बिषय नै थिएन। यही व्यहोरा मैले निजहरुलाई बताएकोमा सो को केही समयपछि केशव प्रसाद दुलाल, भेषराज लम्साल र सानु भण्डारीले नेपालीहरुको द्यजगतबल ज्गmबल च्ष्नजत इचनबलष्शबतष्यल को ःझदभचकजष्उ ऋबचम बनाएको बारेमा मैले छनक पाएको थिएँ। निजहरूले बनाएको कार्डमा मलाई सही गर्नका लागि अनुरोध गरेकोमा मैले सरकारी तवरमा कुरा नगरी म कार्डमा सही गर्दिन भनेको हुँ तर सो कुरामा मलाई ईन्द्रजित राई र टोप बहादुर रायमाझीले समेत भनेको हुँदा नेपाल सरकारका निजहरू दुवै जनाले नेपालीहरुको नाममा भुटानी कार्ड बनाउँदा कुनै समस्या नपर्ने भनेको,म आफू नेपाल सरकारबाट प्राप्त सुविधामा आश्रित रहेको मानिस भई तत्काल प्राप्त हुनु पर्ने सुबिधाहरु रोकिई रहेको अवस्थामा सो सुविधा समेत प्राप्त हुने आश्वासन समेत प्राप्त भएको तथा सरकारी तवरमा टोप बहादुर रायमाझी र ईन्द्रजित राई मुख्य भई काम गरी रहेका तथा बाहिरबाट तत्काल कर्मचारीहरुको सरुवा बढुवा गराउन, आफ्ना लागी तुरुन्तसेवा सुबिधा लिन सक्ने हैसिएतका सानु भण्डारी केशव प्रसाद दुलाल यस कार्यमा संलग्न भएको निजहरुको विश्वासमा मैले केही कार्यहरुमा सहिछाप गरिदिएको हो ।
बाँकी बार्यहरु प्रविधिको दुरुपयोग गरि वा अन्य तरिकाबाट कसरी बनाए भन्ने मलाई थाहा भएन् । जनक कार्काीलाई म चिन्दिन,निज मेरो सल्लाहकार पनि होइन् । नेपालीहरुलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्य गोकुल थापा जानकार छन् र निजले केशव प्रसाद दुलाल र सानु भरडारीसँग मिलेर सो सम्बन्धी कार्य गरेका हुन् ।
मैले कोही कसैलाई अमेरिका लैजाने भन्ने बारेमा निजसंग कुरा गरेको छैन। गोकुल थापाले रामकरण केसी बाट रकम, नागरिकताको फोटोकपी र फोटो लिएको मलाई छैन। गोकुल थापाबाट मैले कुनै रकम लिएको छैन । राम शरण के.सी. र प्रेमराज पन्थी मेरो घरमा जाने आउने गरी रहने मानिस हुन । भण्डारीर केशव प्रसाद दुलालले निजहरु समेतबात अमेरीका लैजाने भनि रकम लिएको र काम नगरेको भनेर गुनासो गर्ने गरेका हुन् ।
तर, म निजहरुबाट रकम दिने कार्यमा संलग्न छैन् । निजहरु बिचको लेनदेनको बारेमा मलाई थाहा भएन् । राम शरण केसीले गोकुल भाषा,सानु केशव प्रसाद दुलालले निजहरु समेतबाट निजहरुलाई अमेरिका लैजाने भनि रकम लिएको र काम नगरेको भनेर मा गर्ने गरेका हुन । तर जबाट रकम लिने कार्यमा मनको लेनदेनको बारेमा मलाई थाहा भएन ।
करिव ६ वर्ष पहिले राम शरण केसी मेरो घरमा गई नेपालीहरुलाई नक्कली भूटानी बनाई अमेरिका लैजाने हाम्रो योजना छ तपाईंले मद्दत गरी दिनुहोस्भन्न आएका थिए। मैले सो बेला सख्त इन्कार गरेको थिएँ। सो पछि पनि निजल रामशरण के.सी.ले मलाई पटक–पटक सो बारेमा फोनबाट अनुरोध गरिरहेका थिए। पछि गोकुल थापा मार्फत नेपालीहरुलाई नक्कली भूटानी बनाई अमेरिका लैजाने सम्बन्धी काम गरी रहेका सानु भण्डारी र केशव दुलालसँग मेरो भेट भई कुरा भएपछि मैले राम शरण के.सी.लाई भेषराज शर्मा सम्साल र केशव दुलालसँग चावहिलको बि (एवान) पार्टी प्यालेसमा भेट गराई दिएको हो। सो पश्चात पनि राम शरण के.सी. को काम समयमा नभएपछि मलाई राम शरण के.सी.ले सो बारेमा गुनासो गर्ने गरेका हुन।
मैले निजसंग रकम लिएको र निजलाई ठगी गरेको छैन। मैले राम शरण के.सी. समेतका ३४ जना व्यक्तिहरुको भुटानी शरणार्थी कार्ड (परिचय पत्र) बनाई दिने भनि कार्डहरु लिएको होईन। राम शरणबाट केशव दुलाल र सानु भण्डारीले कार्डहरु लिई मलाई सहि गराएको हुन सक्छ। मैले कोही कसैबाट रकम लिएको होईन। मैले राम शरण के.सी. लागयत कोही कसैसंग रकम लिएको छैन, यो सबै झूट्टा हो। मैले कार्डहरु बनाएको होईन, केशव प्रसाद दुलाल र सानु भण्डारीले मलाई दिएका केशी कार्डहरुमा सहि सम्म गरेको हो। मैले कुनै कार्डहरु जलाएको र जलाउन लगाएको होईन।
केही कार्डहरुमा केशव प्रसाद दुलाल र सानु भण्डारीले सहि गराएका हुन। कुन कुन कार्डहरुमा मैले सहि गरेको थिएँ भन्ने हाल एकिनसाथ भन्न सन्दिन, लक्ष्मी कोईराला, कृष्ण कोईराला, राम शरण के.सी. र प्रेम पन्थीका विरुद्धमा मैले प्रहरी वृत्त गौशालामा निवेदन दिएको हो। प्रेमराज पन्थी र लक्ष्मी कोईराला सहित झापा बिर्तामोडका ६७ जना मानिसहरु मेरो झापा घरमा गई हामीहरूको रकम चाहियो भनेर हुल हुज्जत नै गर्न लागेपछि मैले “तिमिहरुको रकम मेले कहिले लिएको हो ?
प्रमाण बिना मेरो घरमा घेर्न आएका हौ ?“ भनेपछि निजहरु मेरो घरबाट गए। मेरो घरमा जाने मानिसहरु लक्ष्मी कोईराला र प्रेम पन्थी तथा रकम लेनदेन रहेका भनिएका कृष्ण कोईराला र राम शरण के.सी. भएकोले मैले निजहरु बिरुद्द प्रहरी बृत्त गौशालामा निवेदन दिएको हो। निवेदन उपर छलफल हुँदा राम शरण के.सी. र लक्ष्मी कोईराला गौशाला गएका थिए। सो बेला राम शरण के.सी.ले म बाट रु.१,३०,०००÷– (एक लाख तिस हजार) रकम पाउनुहुन्छ भनेर जिकिर लिएका थिए।
मैले राम शरणलाई औषधी समेत किनाएको रकम रु.१,३०,०००÷– (एक लाख तिस हजार) दिनु पर्नेमा सो रकम म दिन्छु भनेपछि प्रहरीले रकमको कुरा बाहिरै मिलाउनु होस् भनेर हामीहरुलाई पठाएका हुन। सानु भण्डारीले नेपालीहरुलाई भुटानी बनाई अमेरिका लैजाने सन्दर्भमा मलाई काठमाण्डांै बोलाउँदा, होटलमा राख्दा, खाना समेतको खर्च बापतको रकम आफ्नो डायरीमा टिपेर राखेको हो ।
इन्द्रजित राई, म र केशव प्रसाद दुलालको फोटो गृह मन्त्रालयमा खिचिएको फोटो हो। म र केशव दुलाल गृह मन्त्रालयमा गई इन्द्रजित राईसँग भेटेको बेला ईन्द्रजित राईको कार्यकक्षमा खिचिएको फोटो हो। सो बेला इन्द्रजित राई र म गई सचिव र गृह मन्त्रीलाई भेटेर भुटानी शरणार्थी सम्बन्धी विषयमा कुरा भएको थियो।
इन्द्रजित राई र केशव दुलालसंग खिचिएको मेरो उक्त फोटो देखाई मसंग सम्बन्ध भएको भन्ने विश्वासमा पारि जाहेरवाला समेतका मानिसहरुबाट निजहरुलाई अमेरिका लैजाने भनि रकम संकलन गर्ने माध्यमको रुपमा सो फोटो दुरुपयोग गरेको कुरा मैले पछि थाहा पाए । नेपाली नागरिकहरुलाईन भूटानी शरणार्थीहरु बनाई यति विघ्न रकम संकलन गरेको र ठगी भएको होला भन्ने कुराको जानकारी मलाई पहिले थिएन ।
टोप बहादुर रायमाझी र इन्द्रजीत राई सरकारी निकायको तर्फबाट यस सक्रिय रहेको साथै केशव प्रसाद दुलाल र सानु भण्डारी सरकारी निकायमा उच्च सरकारी कर्मचारी संग पहुँच बनाएका व्यक्तिको मानिसहरु सकृय रहेका कारण सरकारी तवरबाटै उक्त काम भएको कुरामा मलाई विश्वास भयो,भने भुटानी शरणार्थी मभूटानी सरणार्थी भई नेपाल सरकारको सुविधामा बसिरहेको मानिसले नेपालको सरकारी तवरबाटै भएको कार्यको बारेमा उजुर गर्नु उचित नलागेको र यस्तो परिस्थितीमा मैले औपचारिक रूपमा कतै उजुरबाजुर गर्ने ठाउँ नै नपाएको हो। म नेपालीलाई सक्कली भुटानी बनाई अमेरिका लैजाने कार्यको शुरुवातदेखी नै विरोध गरिरहेको मानिस हो । तर यस अघि नेपालमा रहेका भुटानीलाई तेस्रो देशमा लैजाँदा केही नेपालीहरू पुगेर भुटानीको नाममा अमेरिका समेतका मुलुकमा गएकै हुन। सो कुराको जानकारी नेपाल सरकार समेतलाई हुनु पर्ने हो म एक भुटानी शरणार्थीको रूपमा नेपालमा आश्रय लिइरहेको मानिसले नेपाल सरकारका उच्च पदस्थ व्यक्तिहरुको तम्बार उपस्थितीमा भएको नेपालीहरुलाई नक्कली भूटानी बनाई तेस्रो मुलुक लैजाने कार्य रोक्न सक्ने मेरो सामर्थ्य बाहिरको कुरा थियो। मैले नेपालीहरुलाई नक्कली भुटानी बनाई अमेरिका लैजाने कुरा रोक्ने कार्य मे पहुँचभन्दा बाहिरको विषय भएकोले रोक्न नसकेको मात्र हो, तर मैले यसबाट कुनै फाईदा लिएको, बदनियत राखी सो कार्यमा संलग्न भएको होईन। नेपाल सरकारबाट भुटानी शरणार्थीहरुको नाममा नेपालीहरूलाई नक्कली भुटानी बनाउने कार्यमा नेपाल सरकारले गठन गरेको कार्यदलको प्रतिवेदन नै सहयोगी रहेको र सो प्रतिवेदन चुइने र कार्यान्वयन गर्ने पदाधीकारीहरुलाई जानकारीमा रहेको भन्ने मैले बुझेको छु। यस्तो कार्य गर्ने सरकारी निकायका पदाधीकारी र अन्य संलग्न नेपालीहरू नै यसमा जिम्मेवार छन सानु भण्डारी, अशोक पोखरेल र केशव दुलालले डिजाईन गरेर नेपालीहरुलाई नक्कली भुटानी बनाई अमेरिका लैजाने भनेर रकम संकलन गरेका हुन र पछि सो कार्यमा प्रेमराज पन्थी र राम शरण के.सी. पनि जोडिएका हुन भने सरकारी तवरबाट इन्द्रजित राई, टोप बहादुर रायमाझी, टेक नारायण पाण्डे र तत् समयका अन्य पदाधिकारी अंतम छन । अन्य को–को भई कसरी नेपालीहरुलाई नक्कली भुटानी बनाई अमेरिका लैजाने कार्य गर्नका लागि रकम संकलन गरेर कस कसको कति कति रकम ठगी भयो तथा ठगीको रकम कसले कसले लियो भन्ने बारेमा मलाई थाहा छैन। म ठगी गर्ने तथा सो को लागि संगठन बनाउने र परिचालन गर्ने समेतको कार्यमा संलग्न छैन। सुमित्रा पौडेल मेरो चिनजानको एकल महिला हुन, निजलाई केशव प्रसाद दुलाल र सानु भण्डारीले अमेरिका पठाउने भनि निजबाट रकम लिएर का नगरेकोले निजले सो बारेमा मसंग चासो राखेकी हुन। गेह भुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्य ठिक होइन । प्रतिवादी टेकनाथ रिजालको बयान कागज ।