पोखरामा ४.१४ किलोमिटर सडक विस्तार, महानगर प्रमुखद्वारा उद्घाटन
पोखरा महानगरपालिका–३० शिशुवादेखि खुदीखोलासम्म ४.१४ किलोमिटर सडक विस्तार तथा स्तरोन्नति गरिएको छ। Pokhara महानगरपालिकाका प्रमुख धनराज आचार्यले बिहीबार उक्त सडकको उद्घाटन गरेका हुन्।
सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत निर्माण गरिएको यो सडक विश्व बैंकको करिब ४८ करोड ९६ लाख रुपैयाँ ऋण सहयोगमा सम्पन्न भएको हो। आयोजनाका अनुसार सडक १५ मिटर चौडा, दुई लेनको रहेको छ।
सडकमा नाला, साइकल लेन र फुटपाथ समेत निर्माण गरिएको छ। निर्माणाधीन तालचोक–बेगनास सडकलाई पनि छिटो सम्पन्न गर्न निर्देशन दिइएको छ।