दार्चुला हिमपहिरो : मृतकका परिवारलाई दुई–दुई लाख दिइने
दार्चुला हिमपहिरो ः मृतकका परिवारलाई दुई–दुई लाख दिइने
काठमाडौं । दार्चुला व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा गएको हिम पहिरोमा परी मृत्यू भएकाहरुको परिवारलाई सरकारले राहत स्वरुप जनही दुई–दुई लाख रुपैयाँ दिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले मृतकका परिवारलाई राहत स्वरुप दुई–दुई लाख रुपैयाँ दिने भएको हो । मंगलवार गएको हिम पहिरोमा परी नक्नी डोमा थापा, कमला कुँवर र प्रवीण कुँवरको मृत्यू भएको छ । उनीहरुको शव बुधवार नै सनाखत भइसकेको छ । बाँकी दुई ईश्वरी थापा र क्षिभी सोमो थापाको अझै बेपत्ता छन् । जिल्ला प्रशासन कार्यालय दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले मृतकका परिवारलाई क्षतिपुर्ती स्वरुप दुई–दुई लाख रुपैयाँ दिने बताईन् ।
उनले भनिन्,‘हिम पहिरोमा परि मृत्यू भएका तीन जनाको शव फेला परेको छ । उनीहरुको शव सनाखत भइसकेको छ । बाँकी दुई जना अझै बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ । मृतकका परिवारलाई क्षतिपुर्ती स्वरुप दुई–दुई लाख रुपैयाँ दिइनेछ । यसअघि उनीहरुको शव पोष्टमार्टम हुनेछ ।’
घटनापछि उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षाकर्मी घटना स्थलमा खटिएका छन् । सुरक्षाकर्मीले हिमपहिरोमा फसेका सात जनालाई जीवतै उद्धार गरेका थिए । जिल्ला प्रशासन कार्यालय दार्जुलाकी प्रमुख जिल्ला अधिकारी जोशीले घटनामा वेपत्ता हुनेहरुको खोजी कार्य जारी रहेको बताइन् ।
उनले भनिन्,‘घटनामा दुई जना वेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी छन् । खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली खटिएका छन् ।’