राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’जेठ १५ गतेबाट सुरु हुने
काठमाडौं। नेपालललितकला प्रज्ञा–प्रतिष्ठानले जेठ १५ गतेदेखि १५ दिनलामो ‘राष्ट्रिय ललितकलाप्रदर्शनी २०८०’आयोजनागर्ने भएको छ ।
आइतबार आयोजकले नेपालकला परिषद्, बबरमहलमाजेठ १५ देखि ३० गतेसम्म‘म ,मेरो देश र मेरो सिर्जना’थिममाप्रदर्शनीआयोजनाहुने जानकारी दिएको हो ।
प्रर्दशनीकालागिलोककलातथा परम्परागतचित्रकलाविधाकाकलाकृतिहरु,आधुनिकचित्रकला, वास्तु तथाअन्यसिर्जनात्मककला, हस्तकला, परम्परागतमूर्तिकला, आधुनिकमूर्तिकलाविधाकालगायतकाकलाकृतिहरु नेपालकला परिषद् तथा नेपालललितकला प्रज्ञा–प्रतिष्ठानमा राखिनेबताईएको छ ।
यो वर्ष प्रतिष्ठानमा दर्ता भएका ६५२ कलाकारका७५४ कलाकृतिमध्येबाट छनोट गरिएका६१० कलाकारका ६९७कलाकृतिप्रर्दशनीकालागिराखिने आयोजकले बताएको छ ।
यसवर्ष एक लाख राशीको अरनिको राष्ट्रिय ललितकला सम्मानक्रमशःमदनचित्रकार र मानवहादुर दोङलाई संयुक्त रुपमाप्रदानगरिने राष्ट्रिय ललितकला प्रतिष्ठानका कार्यकारी संयोजकलालकाजीलामाले बताए ।
उनले भने ‘यो वर्षअरनिको राष्ट्रिय ललितकला सम्मानक्रमशःमदनचित्रकार र मानवहादुर दोङलाई लिने निर्णय भएको छ । त्यस्तै, राष्ट्रिय ललितकला लेखन पुरस्कार तथा राष्ट्रिय ललितकलापत्रकारिता पुरस्कार क्रमशःनगेन्द्रप्रसादपौड्याल र नारायण प्रसाद ढुंगानालाई प्रदानगरिनेछ ।’
यसै वर्षदेखि प्रतिष्ठानले स्थापना गरेको कला प्रवद्र्धन सम्मानपुरस्कार संगीताथापालाई प्रदानगरिने तथा राष्ट्रिय ललितकलाप्रदर्शनी २०८० को सद्भावनादूतको रुपमाअनिलचित्रकारलाई सम्मानगरिनेलामाले बताए ।
यस वर्षको ललितकलाप्रादेशिक पुरस्कार कोशीप्रदेशबाट सुमन राई, मधेश प्रदेशबाट श्वेता साह, बागमतीप्रदेशबाट वाङ्छु मोक्तान (आरके), गण्डकी प्रदेशबाट विश्वम्भर बस्नेत, लुम्बिनीप्रदेशबाट रम्बाचौधरी, कर्णालीप्रदेशबाट सोनमलामातथा सुदूरपश्चिमप्रदेशबाट चक्रबहादुर थापालाई प्रदानगरिने आयोजकले जानकारी दिएको छ ।
पुरस्कारको राशीजनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ ।