गोर्खा जिल्लामा बन्ने भनिएको कृषि क्याम्पस कागजमा सीमित : सांसद पाण्डे
काठमाडौं । सांसद हितराज पाण्डेले गोर्खा जिल्लामा बन्ने भनिएको कृषि क्याम्पस कागजमा मात्र सीमित भएको बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा उनले गोर्खा जिल्लाको पालुङटार नगरपालिका वडा नं ७ स्याङीटारमा बन्ने भनिएको कृषि क्याम्पसको लागि सम्बन्धित निकायले ध्यान दिनु पर्ने बताए ।
उनले भने ‘ गोर्खा जिल्लाको पालुङटार नगरपालिका वडा नं ७ स्याङीटारमा बन्ने भनिएको कृषि क्याम्पस अहिलेसम्म पनि कागजमा मात्र सीमित छ । त्यस क्याम्पसलाई सञ्चालन गर्न सम्बन्धित मन्त्रालयको ध्यानाकर्षर्ण गराउछु । ’