लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत
दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् ।
मुख्यमन्त्रीमा नियुक्त भएको छैटौं चौधरीले विश्वासको मत पाएका हुन । प्रदेश सभाका बहुमत ५३ सासदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन ।
मुख्यमन्त्रीले विश्वासको मत पाएलगत्तै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका थिए।
मुख्यमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने संविधानमा उल्लेख छ।
प्रदेश सरकार प्रति नागरिकहरूको विश्वास रहेको भन्दै नागरिकहरूलाई उत्साह जगाउनेगरी काम गर्ने मुख्यमन्त्री बताए ।
मुख्यमन्त्री चौधरीलाई नेपाली काँग्रेसका, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति,लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, जनता समाजवादी पार्टी जसपा, जनमत पार्टी र एक स्वतन्त्रले विश्वासको मत दिएका हुन । नेकपा एमाले विपक्षमा मतदान गरेको छ ।
अहिले मुख्यमन्त्री चौधरीसंगै नेकपा माओवादीबाट धनबहादुर मास्की, नेकपा एकीकृत समाजवादीका सन्तोषकुमार पाण्डे, नागरिक उन्मुक्ती पार्टीका धर्मबहादुर चौधरी मन्त्री छन्।