सरकारले ल्याएको नीति तथा कार्यक्रम पुर्नलेखन गर्नुपर्छ : एमाले सांसद बर्तौला
काठमाडौं । नेकपा एमालेका सांसद महेश बर्तौलाले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुनलेखन गर्न आवश्यक भएको बताएका छन् ।
आईतवार प्रतिनिधि सभाको बैठकपश्चात सञ्चारकर्मीसंग उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम जस्ताको त्यस्तै स्वीकार गर्न नसकिने हुदाँ यसलाई पुनलेखन गर्नपर्ने बताए ।
उनले भने, सरकारलाई हाम्रो आग्रह छ हामीले दलको तर्फबाट आग्रह गरेका छौ यो नीति तथा कार्यक्रमलाई जस्ताको त्यस्तै स्वीकार गर्न सक्ने अवस्था छैन्, यसलाई फेरि लेख्नु पर्छ । पुन लेखन गर्नुपर्छ ।’
उनलेसरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले वास्तवमा देशलाई दिशा निर्देश गर्न नसक्ने भन्दै यो विषयमा अध्यक्ष केपी शर्मा ओलीले महत्वपूर्णधारणा राखेको जिकिर गरे ।