सूचनाको पहुँच र प्रविधिले सञ्चार माध्यमका लागि चुनौती थपिँदै : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आम मानिसमा विस्तार हुँदै गएको सूचनाको पहुँच र प्रविधिको सहज प्रयोगले सञ्चार माध्यमका लागि चुनौती थपिँदै गएको बताएकी छन् ।
आईतबार काठमाडौंमा आयोजित गोरखापत्र प्रकाशनको १२३ औं बर्ष प्रवेश समाहरोहमा बोल्दै उनले सूचना तथा सञ्चार प्रविधिको विकासले एक आपसमा प्रतिष्पर्धा बढ्दै गएको बताएकी हुन् ।
उनले भनिन ‘ सूचना तथा सञ्चार प्रविधिको विकासले यसलाई विधागत र प्रविधिगत आधारमा अझ फराकिले दायरामा विस्तार गरेको छ । हाम्रो समाजमा नकारात्मक सोंच हावी भईरहेको छ । सरकार सत्ता सञ्चालन गर्नेहरुबाट जतिपनि नकारात्मक या सकारात्मक कामहरु भएका छन् । त्यसको लागि सञ्चारमाध्यमले व्यवस्थित एवं निष्पक्षरुपमा जनतासमक्ष पु¥याउनु पर्छ ।
उनले समाजलाई कुन दिशातर्फ उन्मुख गराउने भन्नेमा पनि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताइन् ।