नागरिकता विधेयकको प्रमाणीकरण संवैधानिक बाध्यता मात्र : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले नागरिकताविधेयकको बारेमा राष्ट्रपतिबाट सरोकारवालापक्षहरुसंग छलफल भइरहेको बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा जनता समाजवादी पार्टीका सांसद दीपककाकीले उठाएको प्रश्नको जवाफदिदै प्रधानमन्त्रीदाहालले नागरिकताविधेयकअहिले राष्ट्रपति कार्यालयमा ‘होल्ड’मा रहेको बताए । राष्ट्रपतिले विधेयककोबारे सरोकारवालापक्षसंग छलफल चलाइरहेको उल्लेख गर्दै उनले विधेयकको प्रमाणीकरण संवैधानिकबाध्यतामात्रभएको बताए ।
प्रधानमन्त्रीदाहालले भने ‘ दोस्रो पटक तत्कालीन राष्ट्रपति ज्युले न त्यसलाईखारेजगरियो ? न त्यसलाई फेरि फिर्ता पठाउने प्रावधानथियो । न त्यसलाई अरु केहीगर्न सकिने स्थिति नै थियो । प्रमाणीकरणगर्नुपर्ने संवैधानिकबाध्यतामात्रै थियो । संविधानले कहिकतै ठाँउ दिएको थिइन् । तर राष्ट्रपति कार्यलयले त्यसलाई होल्डमा राखेको स्थिति छ । नफिर्ता न खारेज न अरु कुनै बाटो ?त्यो होल्डमा छ राष्ट्रपति कार्यालय मै । अवको त्यसको पोजिसन के हुने भनेर नयाँ सदन र नयाँ राष्ट्रपतिले त्यो होल्डमा रहेको विद्येकलाई प्रमाणीकरणगर्ने या अरु कुनै बाटो छ भन्नेमा संविधानविद्,कानूनविद् राजनीतज्ञहरुसंग छलफल चलिरहेको छ । ’