हामीले दिएको सुझाव नै कार्यान्वयन हुँदैन : अध्यक्ष केसी
काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्षचित्रबहादुर केसीले अहिलेको गठबन्धन सरकारलाई आफूहरुको सुझावकार्यान्वयननगरेकोे गुनासो गरेका छन् ।
मंगलवार गठबन्धन दलको बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसंग उनले आफूहरुको सुझावकार्यान्वयनहुन्छ जस्तो नलागेको बताए ।
उनले भने‘सरकारको नीतितथाकार्यक्रमआउँदै छ । त्यसमाअहिलेको अर्थ व्यवस्थामुलुकको अवस्थाको बारेमा छलफल भयो । केहीमानीयहरुले सुझावदिनुभयो । समयनभएको हुनाले हामीले सुझाव भरेभोलि लेखेर दिने कुरा छ । हाम्रा सुझावकार्यान्वयन हुन्छ जस्तो लागदैन । हुनेभए त राष्ट्रको धेरै ठाउँ लथालिङ्गछ । कृषिमा, उद्योगमा, स्वास्थ्यमा, शिक्षामाकहाँ छैन गडबढी ?त्यसकारण त्यो सुधार गर्नुपर्छ,।’
आजको बैठकमा सरकारका नीतितथाकार्यक्रमकाबारेमा छलफल भएको उनले बताए ।