राष्ट्रिय जनगणना २०७८ को मधेश प्रदेशको नतिजा सार्वजनिक
काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को मधेश प्रदेशको नतिजा सार्वजनिकभएको छ ।
बुधबार जनकपुरधाममाराष्ट्रिय तथ्याङ्ककार्यालय काठमाडौंको आयोजनामाराष्ट्रिय जनगणना २०७८ को मधेश प्रदेशको नतिजा सार्वजनिकभएकोहो ।
जनगणना २०७८ को नतिजाअनुसार मधेश प्रदेशको कुलजनसङ्ख्या ६१ लाख १४ हजार ६ सय रहेको छ । जसमध्ये पुरुषको जनसङ्ख्या ३० लाख ६५ हजार ७ सय ५१ अर्थात् कूलजनसङ्ख्याको ५०.१४ प्रतिशत रहेको छ भने महिलाको जनसङ्ख्या ३० लाख ४८ हजार ८ सय ४९ अर्थात् कूलजनसङ्ख्याको ४९.४८ प्रतिशत रहेको छ ।मधेशको औषतजनसङ्ख्या वृद्धिदर १.१९ प्रतिशत रहेको छ ।
तथ्याङ्ककाअनुसार मधेश प्रदेशमामहिलाभन्दा पुरुषकोजनसङ्ख्या बढी रहेको पाइन्छ ।