चितवनमा रविको जित निश्चित, ३३ हजारभन्दा धेरैको मतान्तर
चितवनमा रविको जित निश्चित, ३३ हजारभन्दा धेरैको मतान्तर
काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मत गणना जारी रहँदा चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने ३३ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् ।
पछिल्लो सार्वजनिक मतपरिणाम अनुसार उनले ४१ हजार ५ सय ४ मत पाएका छन् । उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ ३३ हजार ८ सय ९ मतले पछाडि परेका छन् । उनले ७ हजार ६ सय ९५ मत पाएका छन् ।
त्यस्तै, नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ३ सय ९९ मत प्राप्त गरेका छन् ।५७ हजारभन्दा धेरै मत गणना हुँदा रास्वपा सभापति लामिछानेले ४१ हजार बढी मतले जित तर्फ अग्रसर हुँदा पुराना राजनीतिक दलका उम्मेदवारले सोचेजस्ते परिणाम ल्याउन सकेका छैनन् ।यद्यपी गत मंसीरमा भएको निर्वाचनमा रवीले सोहि क्षेत्रबाट भारी मतका साथ विजयी भएका थिए । उनको नेपाली नागरिकताको विवादका कारण सांसद पद गुमेको थियो ।