प्रधानमन्त्री दाहाल एमाले अध्यक्ष ओली भेट्न बालकोट जाँदै
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जान लागेका छन् ।
प्रधानमन्त्री सचिवालयका अनुसार दाहाल सोमवार बिहान ओली निवास बालकोट जाँदैछन् । भाइरल ज्वरोका कारण एमाले अध्यक्ष ओली अहिले विरामी छन् । भेटका क्रममा संसदमा अड्किएर बसेको बिभिन्न विधेयकका सम्वन्धमा छलफल हुने तयारी छ । संसदमा संवैधानिक परिषद सम्बन्धी विधेयक, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयक बिचाराधिन छ । काँग्रेस सभापति शेरबहादुर देउवा पनि आजै ओलीलाई भेट्न बालकोट जाने तयारीमा छन् ।