आवश्यक परे हतियार उठाउने मिटरव्याज पीडितहरुको चेतावनी
काठमाडौं । मिटरव्याज पीडितहरुलेसोमबार आफुहरुमाथिभएको घटना गृहमन्त्रीको आदेशबाट भएको आरोप लगाएका छन् ।
मिटरव्याजपीडितहरुलेगृहमन्त्रीको आदेशबाट नै आफुहरुमाथि लाठी चार्ज भएको भन्दै गृहमन्त्रीको राजीनामापनिमागगरेका छन् ।
मिटरव्याज पीडित हिमान्सुलेनैतिकताहीनव्यक्तिसँगवार्ता सम्भव नभएको भन्दै अब सोझैप्रधानमन्त्रीसँगवार्ता गर्ने बताए ।
उनले भने, हामीसँग झगडा गर्ने र हामीलाई निस्किननदिने प्रयास थियो, अस्पताल लाने भने प्रहरी कार्यालय लगियो यस्तो कार्य गर्न पाइदैन भन्दाहामीमाथि लाठीचार्ज भयो । हाम्रो घाईते साथीअचेत अवस्थामापुग्दासम्मपनि हस्पिटल लाने कोशिस भएन। आन्दोलन गरेको होईन भित्र बसेको मान्छेलाई टेन्टबाट निकालेर लाठीहानिएको रहेछ । यो सीधैं गृहमन्त्रीको आदेशबाट भएको भन्ने छ । त्यसकारण हाम्रो माग गृहमन्त्रीको राजीनामापनि रहेको छ । गृहसँगवार्ता सम्भव छैन् अब प्रधानमन्त्रीसाग हुन्छ।’
यस्तै अर्को पीडित पुनममहत्तोले आफुहरु राज्यको नागरिक भएको भन्दै राज्यले समानव्यवहार नगर्ने हो भने जे गर्न पनितयार रहेको बताइन् ।
उनले हतियार बोक्न राज्यले नै सिकाएको भन्दै माग सम्बोधननभएहतियार उठाउन पनितयार भएको चेतावनीपनिदिइन् ।
उनले भनिन‘यो राज्यले हामीलाई खेलौना सम्झेको छ। हामी यो देशको नागरिक हौं । हामीलाईनागरिक मान्दैन भने हामी जे गर्न पनितयार छौ ।गृहमन्त्रीलाई भनेको छु, तपाईले कानमा तेल होलेर जुन बस्नु भएको छ । जनताको पीर सुन्नु, हामीपनिहतियार बोक्न तयार हुन्छौ सरकारले नै सिकाएको हो मोर्न मार्न तयार छौ घर फर्किएर जादैनौ ।
उनलेयुवादेखि वृद्ध सबैमाथि लाठि चार्ज भएको भन्दै आफुहरुलाई घर पठाउनको लागियस्तो षडयन्त्र गरिएको दावी समेत गरिन् ।