मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोलाको पार्टी एकीकरण गर्दै
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)बीच एकता हुने भएको छ । एकताको तयारी केही महिनाअघिदेखि भइरहेकाे थियाे । आगामी १८ वैशाखमा एकता घोषणा गर्ने सहमति जुटेको छ । त्यसका लागि भोलि (२४ चैत) मा पत्रकार सम्मेलन गरेर यी दुई पार्टीले जानकारी दिन लागेका छन् ।
बास्तोला नेतृत्वको नेकपा बहुमत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट विभाजित भएको हो । बास्तोला र हेमन्तप्रकाश ओलीले विप्लवको चुनावी रणनीतिप्रति असहमति जनाउँदै गत वर्ष नयाँ पार्टी बनाएका थिए । हुन त, बास्तोला नेतृत्वको नेकपा बहुमतका नेताहरु पहिला वैद्य नेतृत्वको माओवादीमै थिए ।