बिस्का जात्राको अवसरका ४ दिन सार्वजनिक विदा
काठमाडौं । नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक विदा दिएको छ ।
आजदेखि भव्यरूपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्वको बिस्काः अर्थात् बिस्केट जात्रामा नगरपालिका र सरकारी विदा गरि ४ दिन सार्वजनिक बिदा दिएको नगरपालिकाका सूचना अधिकारि केशव सिलवालले नेपाल न्युज बैंकलाई बताएका छन् ।
उनले भने ‘स्थानीयले आज विहीबारबाट विषेश जात्राको सुरु गर्ने र ३ गतेसम्म जात्रा मानाउनव्यस्त रहने भएकाले २ दिन सार्वजनिक विदा र २ दिन नगरपालिकाको तर्फबाट थप गरेर ४ दिन विदा दिइएको हो । ’
विशेषगरी भक्तपुर जिल्लाभर नेवार समुदायले विस्केट जात्रालाई दशैँभन्दा ठूलो चाडका रूपमा मनाउने गरेको उनको भनाइ छ ।
नातेदार, आफन्तलाई भोज खुवाएर जात्रा नौ दिन आठ रातसम्म भव्यरूपमा मनाउने चलन छ ।