अख्तियार राजनीतिकप्रभावमापर्दा गलतगर्नेले उन्मुक्तिपाएः सांसद सिंह
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसद दीपकबहादुर सिंहले अख्तियार दुरुपयोग अनुसन्धानआयोग राजनीतिकप्रभावमा परेको आरोप लगाएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले अख्तियारका पदाधिकारीहरुले पद जान्छ कि भन्ने त्रास राखेर कामगर्न नहुने बताए । उनले खुकमाएर बसेपछिअख्तियारबाट आशलाग्दो कामको अपेक्षागर्नु बेकार भएको पनि प्रष्ट पारे ।
सिंहले भने ‘ अख्तियारले पनि राजनीतिक प्रभावबाट डराएर पद जान्छकी भनेर र महाअभियोगपो लाग्छकी भनेर खुट्टा कमाउनु भएन् । हिजोको सरकारले ७दिनलाई विदेशीकम्पनीलाई दियो । तर अहिले यो सरकारले त्यसलाई रद्द गरेर अर्को कोसिसमालाग्यो । यदिहिजोको सरकारले गलतगरिरहेको छ भने कारवाहीगर्नुपर्छ नाङगेझार पार्नुपर्छ । ’
नेपालको नीतिनियम र जनताको हितविपरित कामगर्नेलाई कारवाहीहुनुपर्ने उनको भनाइ छ ।
सांसद सिंहले ठूला राजनीतिकदलकानेताहरु देखि लिएर जसजसले गलतकार्यहरु गरेका छन् ती सबैलाई नाङ्गेझार पार्नु पर्ने पनिबताए ।