साउदीसँग अंक बाँड्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
साउदीसँग अंक बाँड्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
काठमाडौं । वर्षाको कारण एसीसी प्रिमियर कप अन्र्तगत आफ्नो तेस्रो खेलमा साउदी अरबसंग अंक बाँडेको नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ ।
समूह ‘ए’ मा रहेका नेपाल र साउदीबीचको खेल मौसमका कारण सोमबारको खेल हुन नसकेपछि यी दुई टोलीले अंक बाँडेका हुन् । मुलपानी मैदानमा खेल्ने तय भएको खेल वर्षा नरोकिएपछि टस समेत नभई खेल रद्द भएको हो ।
प्रतियोगितामा नेपालले यस अघि लगातार दुई खेल जितेको थियो। पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो ।
यता, साउदीले पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भएको थियोे। दोस्रो खेलमा साउदीले कतारलाई ७ विकेटले पराजित गरेको थियोे।
शीर्ष स्थानमा रहेको नेपालको ३ खेलबाट ५ अंक छ। साउदी ३ अंकसहित तेस्रो स्थानमा छ। नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ। नेपालले अन्तिम खेल बिहीबार कतारसँग खेल्ने छ।