बसको ठक्करबाट महोत्तरीमा एकै परिवारका तीनजनाको मृत्यु
काठमाडौं । महोत्तरीको गौशाला नगरपालिका १ स्थितमा बसले मोटरसाइकलमा ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो बा ३ ख २३९६ नम्बरको बसले, मधेश प्रदेश ०१–००४ प ६८ १९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सिरहाको कल्याणपुर नगरपालिका १० का २६ वर्षीय अमृत मण्डल, उनको श्रीमती २४ वर्षीया अञ्जु मण्डल र उनकै भतिजी ६ वर्षीया अन्सु मण्डलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सम्सीबाट जनकपुरधाम आउँदै गरेको मोटरसाइकललाई बसले ठक्कर दिएको हो ।
जिल्ला प्रहरी प्रवक्ता, डिएसपी दिलीप गिरीले भने ‘ एकै परिवारका तीन जनाको ज्यान गएको छ । अहिले तीनै जनाको शव बर्दिबासस्थित शुभ स्वस्तीक अस्पतालमा, राखिएको छ । चालक फरार छ । खोजि गरिरहेका छौं ।’
अहिले सम्मको अवस्था हेर्दा दुर्घटना अत्यधिक गतिकै कारण भएको गिरीले बताए छ ।
चालक फरार छन् ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा छ।