सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुदैँ
काठमाडौं । सातौ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० यही वैशाख २२, २३ र २४ गते हुने भएको छ ।
आज नेपाल उद्योग परिसंघको कार्यालयमा पत्रकार सम्मेलनगर्दै आयोजकले चितवन प्रदर्शनी केन्द्र, भरतपुर, चितवनमा प्रर्दशनी आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
चितवन उद्योग संघले, केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको विशेष सहयोग, मिडिया स्पेस सोलुसन्स प्रा.लि रफ्यूचर्स ट्रेड फेर एण्ड इभेन्टस्को व्यवस्थापकीय साझेदारीमा उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको जनाएको छ ।
प्रदर्शनीमा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्टिङ प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एण्ड वेभरेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादन र सेवाका स्टलहरु रहने आयोजकले जनाएको छ ।
प्रदर्शनी प्रविधिको ज्ञान अभिवृद्धी गर्न र व्यवसायिक सम्बन्ध स्थापित गरी स्वदेशी औद्योगिक उत्पादनको अन्तराष्ट्रिय बजारीकरणमा पहुँच पुयाउन महत्वपूर्ण अवसर हुने आयोजकको विश्वास छ ।