नेपालमा आशंका गरिएका अमृतपाल सिंह मोगाबाट पक्राउ
काठमाडौं । ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख तथा खालिस्तान समर्थक अमृतपाल सिंहलाई पञ्जाब प्रहरीले पक्राउ गरेको छ।
मार्च १८ देखि फरार रहेकाअमृतपाललाई मोगाको रोडे गाउँको गुरुद्वाराबाट पक्राउ गरिएको पञ्जाब प्रहरीलाई उद्धतगर्दै भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ । अब अमृतपाललाई भटिण्डाबाट हवाईमार्ग हुदैँ असमको डिब्रुगढ जेल लगिने बताइएको छ।
३६ दिनदेखि फरार अमृतपाल विरुद्ध एनएसएअन्तर्गत मुद्दा दर्ता गरिएको छ।
अमृतपालले आफ्ना एक समर्थकको रिहाइका लागि फेब्रुअरी २३ मा पञ्जाबको अजनाला प्रहरी चौकीमा आक्रमण गरेका थिए। घटनापछि प्रहरीले उनलाई खोजिरहेको थियो।
यसअघि उनी नेपालमा पनि आएको आशंका गरिएको थियो।