जग्गाको कित्ताकाट खोल्नु देश र वर्तमान परिवेश विपरित
काठमाडौं ।प्रतिनिधि सभाकी सांसद सरस्वती सुब्बाले मन्त्रिपरिषद्कोजग्गाको कित्ताकाट खोल्ने निर्णयप्रतिअसन्तुष्टिव्यक्त गरेकी छन् ।
मंगलबार प्रनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराउँदै सांसद सुब्बालेजग्गाको कित्ताकाट खोल्ने निर्णय देश र वर्तमान परिवेशको विपरित भएको दावीगरिन् ।
‘पुरानै अवस्थामा कित्ताकाट खोल्नु देश र वर्तमान परिवेश विपरित छ। यसले जमिनको खण्डीकरण बढाउँछ। कृषिभूमि समाप्तपार्ने बाटो खोल्छ। प्राकृतिकजोखिमन्यूनीकरण र सीमान्तकृत समुदायको समस्या समाधानको बाटो बन्दगरिदिन्छ। जमिनमादलालीकरण बढाउँछ। त्यसैले कित्ताकाटखोल्ने निर्णय सच्याउन म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
उनले नेपालखाद्य संकट र जलवायु परिवर्तनको उच्चजोखिममा रहेको समेत स्मरण गराइन ।
विश्व परिवेशलाई हेर्दा सन् १९९६ मापहिलो खाद्य सम्मेलन हुँदा ८० करोड जनताखाद्यजोखिममाथिए। अहिले यो संख्या बढेर २ अर्ब ३० करोड पुगेको छ। नेपालमाखाद्यआयतको अवस्था डरलाग्दो भएको उनको भनाई छ ।