यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख ६ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
बुधवारका लागि अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ६६ पैसा र बिक्री दर १४४ रुपैयाँ ३२ पैसा, कतारी रियालको एकको खरिद दर ३५ रुपैयाँ ८९ पैसा र बिक्री दर ३६ रुपैयाँ ०५ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ८६ पैसा र बिक्री दर १६३ रुपैयाँ ६१ पैसा तोकिएको छ ।
अस्टे«लिएन डलर एकको खरिद दर ८८ रुपैयाँ २६ पैसा र बिक्री दर ८८ रुपैयाँ ६७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।