कोरोनाबाट मृत्यु हुने क्रम निरन्तर, थप ७८ जनामा संक्रमणको पुष्टि
काठमाडौं । पछिल्लो केही दिनदेखि कोरोना संक्रमितको मृत्यु हुने क्रम निरन्तर छ । शनिबार पनि एक संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक संक्रमितको मृत्यु हुँदा थप ७८ जनामा संक्रमणको पुष्टि भएको छ ।
२ सय २४ जनाको पीसीआर परीक्षण र ९ सय २४ गरी कुल १ हजार १ सय ४८ जनाको परीषण गर्दा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै ५० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । सक्रिय संक्रमितको संख्या ३ सय ८३ रहेको छ ।
उता छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा १२ हजार १ सय ९३ संक्रमित थपिएका छन् । भारत सरकारले नयाँ दिल्ली, महाराष्ट्र र तमिलनाडुसहित ८ राज्यमा कारोनाप्रति सतर्क रहन भन्दै सचेत गराएको छ ।