उर्जाउत्पादनमानिजी क्षेत्रको भूमिकामहत्वपूर्ण
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले उर्जा उत्पादनमानिजी क्षेत्रको भूमिकामहत्वपूर्ण रहेको बताएका छन् ।
बुधबार काठमाडौंमाआयोजितउर्जा सम्मेलनको समापन समारोहलाई सम्बोधनगर्दैअर्थमन्त्रीमहतले विद्युतउत्पादनमानिजी क्षेत्रको संलग्नता पछि राष्ट्रिय प्रशारणमा विद्युतको क्षमताथपिनुको साथै मागपूर्तिमापनि ठूलो सहयोग पुगेको बताए ।
उनले भने, ‘९० को दशकभन्दा अगाडि एक दुई मेगावट विद्युतउत्पादनहुन्थ्यो । जब निजी क्षेत्रविद्युतउत्पादनमा संलग्नभयो, त्यसपछि राष्ट्रिय प्रशारणमा विद्युतको क्षमताथपियो । जसले गर्दा मागपूर्ति गर्न ठूलो सहयोग पुग्यो । ऊर्जाउत्पादनमानिजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ ।’
मन्त्री डा.महतले नेपालमाउर्जामालगानीगर्न राष्ट्रिय अन्तर्राष्ट्रिय लगानीकर्तालाई आव्हानगर्दै सरकारले लगानीको प्राथमिकतामाउर्जालाई लिएको हुनाले नेपालमालगानीकर्तामाआएका समस्या समाधानगर्न सरकार तयार रहेको बताए ।
यातायातको क्षेत्रलाई विद्युतीकरण गर्नुको साथै घरायासीप्रयोजनलगायतअन्य क्षेत्रबाट विद्युतखपत बढाउन सकिने पनिउनको भनाइथियो ।