विशेष चेकिङमा ८८ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा
काठमाडौं उपत्यकामा बुधबार बिहान गरिएको विशेष चेकिङका क्रममा मापसे गरेर स्कुल बस चलाउने १ जनासहित ८७ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
अवस्था ठिक नभएका स्कुल बस चलाउँदै गरेका २ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ । विशेष चेकिङकै क्रममा कागजपत्र साथमा नराख्ने, सवारी साधनको अवस्था ठिक नराख्ने लगायत विविध कसुरमा २३ जना पानी ट्याङकरका चालकहरू पनि कारबाहीमा परेका छन् ।
नयाँसपार्कमा १५, कीर्तिपुरमा ३, कलंकी र काँडाघारीमा २र२ र न्यूरोड क्षेत्रमा १ जना गरी २३ जना ट्याङ्करका चालकहरू कारबाहीमा परेका हुन् । यसका साथै अन्य विविध कसुरमा पनि ६१ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।