गाउँपालिका अध्यक्षले भोजमा छुवाछुत गरेपछि कारबाही गर्न दलित मोर्चाको माग
सिराहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न संयुक्त दलित मोर्चा सिराहाले माग गरेको छ ।
गत सोमबार अध्यक्ष यादवले आफ्नी आमाको १३ औं पुण्य तिथिमा गरेको भोजमा दलित समुदायलाई अपमानित गरेको भन्दै मोर्चाले उनलाई कारबाही गर्न माग गरेको हो ।
