रामसहायप्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायम
१० दलीय गठबन्धनको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपति पदको उम्मेदवारी कायम रहने भएको छ।
आईतबार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले यसबारेमा जानकारी गराएको हो। सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन अधिकृत महेश शर्मा पौडेलले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नरहेकाले उनको उम्मेदवारी पनि कायम रहने बताए।
उम्मेदवार यादवको उम्मेदवारीमा नेकपा एमाले र ज्नमत पार्टीबाट दाबी बिरोध परेको थियो।